काठमाडौँ, ७ पुस । जनपक्षीय विद्यार्थी युनियन, नेपालले १८ बुँदे माग राख्दै आज काठमाडौँउपत्यकामा शैक्षिक हड्ताल घोषणा गरेको छ । हड्तालको घोषणापछि उपत्यकाका शैक्षिक संस्थाहरू अन्योलमा परेका छन् ।हड्ताल घोषणा गर्ने जनपक्षीय विद्यार्थी युनियन नेकपा जनपक्ष पार्टी निकट विद्यार्थी संगठन भएको बताइएको छ ।
संगठनले निजी विद्यालयले लिँदै आएको शुल्कमा तत्काल ५० प्रतिशत कटौती गर्नुपर्ने मुख्य माग अघि सारेको छ ।युनियनका अनुसार विदेशमा रहेका नेपाली विद्यार्थी तथा श्रमिकले मतदान गर्न पाउनुपर्ने, शिक्षामा निःशुल्क पहुँच सुनिश्चित गर्नुपर्ने लगायतका १८ बुँदे माग राख्दै शैक्षिक हड्तालको घोषणा गरिएको हो ।यता निजी विद्यालयका छाता संगठन प्याब्सन र एनप्याब्सनले भने शैक्षिक हड्तालबारे कुनै औपचारिक निर्णय नगरेको जनाएका छन् ।निजी विद्यालय सञ्चालकहरूले अहिलेसम्म आधिकारिक रूपमा विद्यालय बन्दको घोषणा नगरेकाले आजको पठनपाठन अन्योलमै रहेको छ ।









प्रतिक्रिया