मुआब्जा माग्दै रेल विभाग पुगे बर्दिवासका पीडित

जनकपुर, जेठ २८ । बर्दिवासका पीडितहरू हिजो फेरि काठमाडौंस्थित रेल विभाग पुगेका छन् । लामो समयदेखि मुआब्जा वितरण नहुँदा बर्दिवासका पीडित किसानले रेल विभाग घेराउ गर्दै आएका छन् ।

बुधबार रेल विभाग पुगेका पीडित किसानसँग रेल्वे कम्पनीका पूर्वमहानिर्देशक गुरुप्रसाद भट्टराईको नेतृत्वमा छलफल भएको किसान खडक सिंहले जानकारी दिनुभयो ।

छलफलमा ‘मुआब्जा वितरण यथाशक्य चाँडो काम अघि बढाइनेछ’ भन्ने आश्वासन दिइएको उहाँले बताउनुभयो । उहाँले भन्न्ुभयो,‘बर्दिवासका पीडित जनता हामीले पटक–पटक रेल विभागको ढोका ढक्ढक्याउँदै आएका छौं, तर सरकार केवल प्रक्रिया लम्ब्याउने र समय कटाउने प्रवृत्ति मात्र देखाउँछ ।’

प्रकाशित मिति: ३० जेष्ठ २०८२, बिहिबार  १० : ५४  बजे