काठमाडौं, २८ मंसिर । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्नुभएको छ । यसअघि उद्योग, कानूनलगायत तीन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउनुभउको मन्त्री सिन्हालाई थप संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
उहाँले आज मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको हो । यसअघि मन्त्री सिन्हाले सम्हाल्दै आएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कुमार इमनाङलाई मन्त्री बनाइएको छ । प्रधानमन्त्री सुशीला कार्कीले मंसिर २६ गते मन्त्रिपरिषद् विस्तार गर्दै सिन्हालाई उक्त मन्त्रालयको जिम्मेवारी सुम्पिनुभएको हो ।
यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय प्रधानमन्त्री मातहतमै थियो । मन्त्री सिन्हाले मन्त्रालयको जिम्मेवारी सम्हाल्दै पर्यटन क्षेत्रको विकास, हवाई सुरक्षाको सुदृढीकरण तथा सांस्कृतिक सम्पदाको संरक्षणलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ ।









प्रतिक्रिया