पूर्णकालीनरूपमै पार्टी काममा खटिनुभएका अमित लामा– अप्ठ्यारोमा नेतृत्वको रक्षा, केन्द्रीय सदस्यको इच्छा

काठमाडौं, २४ मंसिर । २०८२ साल भदौ २३ र २४ गते  जेन–जी विद्रोह’ को नाममा भएको अराजकतापूर्ण गतिविधिपछि देशका प्रायः नेता असुरक्षित रहे । सबैजसोका बसोबासस्थलमा क्षति पुग्दा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पनि त्यसबाट अछुतो रहनसक्नुभएन । अझ ओलीको स्थिति त अन्य नेताको भन्दा बढी नै चुनौतीपूर्ण रह्यो । किनभने, आन्दोलनदेखि अराजकतासम्मको निशानी उहाँँलाई बनाइएको थियो । यस्तो जोखिमपूर्ण परिस्थितिमा ओलीको रक्षक भएर मैदान डटेका एक युवा हुनुहुन्छ, अमित लामा ।युवा संघको तल्लो कमिटी हुँदै केन्द्रीय सदस्य, कोषाध्यक्ष र तीन कार्यकाल उपाध्यक्ष भएर उहाँ अहिले पूर्णकालीनरूपमै पार्टी काममा खटिनुभएको छ । एमाले काभ्रे जिल्ला कमिटीमा ३ कार्यकालयता विभिन्न जिम्मेवारी सम्हाल्दै लामा हाल प्रदेश कमिटी सदस्य हुनुहुन्छ ।

नेकपा (एमाले) ११ औँ राष्ट्रिय महाधिवेशनमा जुटिरहँदा अमित लामासहितका युवा त्यसको आयोजना र व्यवस्थापनको कामका निम्ति मैदानमै हुनुहुन्छ । महाधिवेशनस्थल भक्तपुर, सल्लाघारीमा उहाँले संचारकर्मी संग् भन्नुभयो, ‘यसपालि पार्टीमा केन्द्रीय सदस्यको आकांक्षा राखेको छु ।’ काभ्रेको अति सामान्य परिवारका सदस्य लामा सानै उमेरदेखि विभिन्न व्यवसायिक गतिविधिमा संलग्न रहनुभयो । परिवारसँगै आफ्नो दुःख पनि निवारण गर्नुपर्ने चुनौतीका बीच उहाँले उद्यमशील जीवन रोज्नुभएको छ । त्यसले उहाँलाई जहिल्यै आत्मनिर्भर बनाइरह्यो ।

व्यवसायिक जीवनकै बीचमा उहाले नेकपा ९एमाले० को यात्रा रोज्नुभयो। युवा उमेरमै उहाँले रोजेको त्यो बाटो उहाँका निम्ति कहिले सहज बने त कहिले कष्टकर । तर, विभिन्न कठिनाईहरु व्यहोरे पनि एमालेसँगको यात्रालाई यसरी गति दिनुभयो  कि, त्यसक्रममा उहाँका कतिपय व्यक्तिगत जीवनका इच्छा, व्यवसायिक क्षेत्रका समय पनि माया मार्नुभयो । जेन–जी आन्दोलनपछि राजनीतिक दलका मुख्य मुख्य नेता सुरक्षा चुनौतीमा गुज्रिँदा अमितहरूले आफ्नो पार्टीका अध्यक्ष ओलीका निम्ति आफैँले अलग्गै सुरक्षा दस्ता बनाउनुभयो।त्यसका एकजना बलिया कमाण्डर हुनुहुन्छ, अमित लामा । नेतामात्र सुरक्षा चुनौतीमा रहेनन्, राजनीतिक दलका गतिविधि पनि एक किसिमले वर्जित गरिएको स्थिति थियो । कुनै ठूलो कार्यक्रम गर्नुपरेमा सुरक्षा निकायले त्यस्तो नगर्न र त्यस्तो गरिँदा स्थिति भड्किएमा सुरक्षा दिन नसक्नेसम्मका चेतावनी दिँदै रह्यो । तर, अमितले आफ्नो पार्टी, अध्यक्ष र उक्त पार्टीको केन्द्रीय कमिटीको बैठकको सुरक्षासहित सम्पूर्ण व्यवस्थापनको जिम्मा लिनुभयो ।

देखिँदा उहाँ एमालेका एकजना मामुली कार्यकर्ता जस्तो हुनुहुन्छ तर, भूमिकाका हिसाबले त्यस्तो चुनौतीपूर्ण परिस्थितिमा उहाँले आफ्नै व्यवसायिक स्थल, व्यक्तिगत समय र सम्भावित खतराहरु मोल्न कुनै हिच्किचाहट राख्नुभएको छैन। एमालेको असोज २९, ३० र ३१ गते सम्पन्न भएको केन्द्रीय कमिटीको बैठक ललितपुरको झम्सिखेलस्थित रामबाग महलमा सम्पन्न भएको थियो ।उक्त पार्टी प्यालेस उहाँकै लगानीमा सञ्चालित छ । त्यसबेला सुरक्षा निकायले त्यस किसिमको ‘तामझामपूर्ण’ कार्यक्रम नगर्न एमाले, कांग्रेससहितका दललाई चेतावनी दिएको थियो । तर, लामाले त्यसका कारण उत्पन्न हुने जस्तोसुकै चुनौती सामना गर्न तयार रहेको भन्दै आफ्नो व्यवसायिक स्थल पार्टी बैठकका निम्ति दिनुभएको थियो । अध्यक्ष ओलीको सुरक्षा त उहाँकै जिम्मेवारीमा छँदै थियो । पार्टीको केन्द्रीय कमिटीमा गएर देशभरका युवालाई एमालेतर्फ अझ बढी आकर्षित गराउने उहाँको योजना छ । ‘युवाहरू रचनात्मक, सिर्जनशील र आत्मनिर्भर हुनुपर्छ भन्ने मेरो एजेण्डा हो’, उहाँले भन्नुभयो ‘एमाले युवाहरूलाई पिछलग्गु बनाउने पार्टी होइन, भूमिका र जिम्मेवारीसहित देश निर्माणमा अगाडि बढाउने पार्टी हो भन्ने कुरा देशभरका युवाबीच म स्थापित गराउन चाहन्छु ।’लामाले खुला क्लष्टरतर्फ उम्मेदवारी दिने तयारी गर्नुभएको छ ।

प्रकाशित मिति: २४ मंसिर २०८२, बुधबार  २० : २५  बजे