कोशी र गण्डकी प्रदेशको पहाडी भागमा मौसम आंशिक बदली

काठमाडौं, २४ मंसिर । आज कोशी र गण्डकी प्रदेशको पहाडी भागमा मौसम आंशिक बदली छ । तर यी क्षेत्रमा पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।देशका बाँकी भागमा पनि आजको मौसम मुख्यतया सफा नै रहने अनुमान छ । महाशाखाका अनुसार आज देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन ।

आजराति पनि देशभरको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।काठमाण्डौ उपत्यकामा आज बिहान पौने ६ बजे न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ । काठमाण्डौमा आजको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने अनुमान छ ।

प्रकाशित मिति: २४ मंसिर २०८२, बुधबार  ०८ : ३७  बजे