संसद् पुनर्स्थापनाको माग लिएर कांग्रेस पनि सर्वोच्चमा

काठमाडौं, २१ मंसिर ।  प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर नेपाली कांग्रेस पनि सर्वोच्च अदालत गएको छ ।कांग्रेसले वारेसमार्फत पूर्वमहान्यायाधिवक्ता खम्म खातीलाई संसद् पुनर्स्थापनाको माग लिएर सर्वोच्च पठाइएको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिनुभयो ।‘संसद् पुनर्स्थापनाको माग लिएर हामीले वारेसमार्फत खम्मजीलाई अदालत पठाएका छौं,’ घिमिरेले भन्नुभयो। खम्म खाती कांग्रेस निर्वाचन समिति संयोजक पनि हुनुहुन्छ । यसअघि नेकपा एमालेले पनि संसद् पुनर्स्थापनाको रिट निवेदन दर्ता गराएको छ ।

 

 

प्रकाशित मिति: २१ मंसिर २०८२, आइतबार  १८ : २४  बजे