मानव अधिकार महाभेला आयोजना हुँदै

ललितपुर, २१ मंसिर । मानव अधिकारको विश्वव्यापी घोषणापत्रलाई स्थानीयकरण गरी नागरिक समाजको तर्फबाट सरकार र सम्बन्धित पक्षलाई जवाफदेही बनाउन महाभेला आयोजना हुने भएको छ । नेपालमा १७ औं राष्ट्रिय मानव अधिकार महाभेला २०८२ आयोजना हुन लागेको मानव अधिकार महाभेलाको संयोजन गरिरहेको संस्था मानव अधिकारका लागि महिला एकल महिला समूहले आज आयोगमा पत्रकार सम्मेलन गरी जनाएको हो ।

यहि मंसिर २२ गतेदेखि २८ संचालन हुुने महाभेलामा लोकतन्त्र, मानवअधिकार, कानूनी शासन तथा अन्रपुस्ता न्यायको समर्थनलगायतका विषयमा छलफल हुुने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा एकल महिला समूहकी अध्यक्ष एव्म महाभेला संयोजक शोभा विसीले एक सय २५ वटा मानव अधिकारवादी संस्थाहरुको सहभागिता रहेको महाभेलाको गृहमन्त्री ओमप्रकाश अर्यालले उद्घाटन गर्ने जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेलले सप्ताहाव्यापी रुपमा आयोजना गर्न लागिएको मानव अधिकार महाभेलामा जेनजी पुस्ताहरुलाई विशेष सहभागी गराइएको जानकारी गराउनुभयो । दबाब र बलप्रयोगबाट नभइ शान्तिपूर्ण आन्दोलनमार्फत् परिवर्तन गर्न सकिने ठाउँहरु भएकाले मानव अधिकार महाभेलामा सहभागिलाई अहिंसात्मक आन्दोलनबारे प्रशिक्षण दिने बताउदै आयोगका सचिव खरेलले संक्रमणकालीन न्यायलाई सहज निरुपण गर्न महाभेलाले सहयोग पुर्याउने विचार व्यक्त गर्नुभयो ।

पत्रकार सम्मेलनमा मानव अधिकारकर्मी चरण प्रसाईँले नीतिनिर्माण तहमा युुवाहरुलाई पुर्याउन र उनीहरुलाई जवाफदेही मनाउन पनि भेला महत्वपूर्ण हुने बताउनुभयो । युवा पुस्ताको आन्दोलन र त्यसपछिका समयमा मानव अधिकार उल्लङ्घनका घटनाहरु बढ्दै गरेको परिपेक्षमा आयोजना गर्न लागिएको महाभेलामा युवा पुस्तालाई मानव अधिकार र शान्तिपूर्ण आन्दोलनका बारेमा चेतना प्रदान गर्न पुस्तान्तरण विषयक संवा र छलफललाई जोड दिइएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति: २१ मंसिर २०८२, आइतबार  १५ : २९  बजे