काठमाडौं, २६ जेठ । संघीय संसद् प्रतिनिधिसभाको बैठक आजका लागि बोलाइएको छ । बैठक दिउँसो २ बजेका बस्ने सुचना टाँस गरिएको छ । पटकपटक बस्न नसकेको बैठक आज सुचारु हुन्छ अथवा हुँदैन निश्चित छैन । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलले संसद् अवरोध गर्दै आएका छन् । गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणमा जोडिएको हुनसक्ने भन्दै छानबिनमा सहयोग गर्न उनले राजीनामा दिनुपर्ने माग विपक्षीको छ । संसद्को अवरोध हटाउने सत्तापक्षको आग्रहमा माओवादी केही लचक भए पनि रास्वपाले भने मानेको छैन । सत्तापक्षले भिजिट भिसा प्रकरणमा अख्तियारलाई सहयोग गर्ने आसयको प्रस्ताव तयार पारेको छ । तर अख्तियारले अनुसन्धान टुंग्याएपछि के गर्ने भन्ने विषयमा अहिले नै सहमति कायम हुनुपर्ने रास्वपाको अडान छ । संसद् अवरुद्ध हुँदा जेठ १५ गते सदनमा प्रस्तुत भएको आगामी वर्षको बजेटमा छलफल सुरु हुन सकेको छैन । जेठ २० गतेबाट लागातार बैठक अवरुद्ध हुँदा सदन सुचारु हुन सकेको छैन । आज बैठकमा अवरोध नभए उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आगामी आर्थिक वर्ष २०८२र८३ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।
बैठकमा राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । विषयगत समितिमा सदस्य हेरफेर र प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा सभामुख देवराज घिमिरेले जानकारी गराउने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
3
Shares
प्रतिक्रिया