काठमाडौं, १७ मंसिर । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले पार्टीले संविधानलाई लिकमा फर्काउन चाहेको बताएका छन् । बुधबार प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “संविधानलाई लिएर एमालेले विभिन्न चरणमा छलफल गरेर महत्त्वपूर्ण निष्कर्षहरू अघि सारेको छ ।”
उनले भने, “जेनजीको मागका विरुद्धमा एमाले थिएन र रहँदैन ।” जेनजीको जायज सरोकार सम्बोधन गर्ने एक मात्र राजनीतिक दल एमाले रहेको उनले दाबी गरे । उनले भने, “नेकपा एमालेले नेपाली समाजका सबै भाषा, धर्म, वर्ग सबैको प्रतिनिधित्व गर्छ । त्यस अर्थमा जेनजी उमेर समूहको लिडर एमाले हो ।” जेनजी आन्दोलनपछि भएका घटनाक्रमले राष्ट्रिय राजनीति चिन्ता र चासोको विषय रहेको पनि उनको भनाइ छ ।









प्रतिक्रिया