विदेशमा रहेका नेपालीले तीन महिनामा पाँच खर्ब ५३ अर्ब रुपैयाँ पठाए

काठमाडौं, १६ मंसिर । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण आप्रवाह ३४.४ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार यो अवधिमा ५ खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ बराबरको विप्रेषण स्वदेश भित्रिएको छ ।अघिल्लो वर्षको यही अवधिमा आप्रवाह ११.९ प्रतिशतले वृद्धि भई ४ खर्ब ८ अर्ब ७७ करोड रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षको साउनमा विप्रेषण आप्रवाह २९।९ प्रतिशतले बढेर १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ बराबर पुगेको थियो ।चालू आर्थिक वर्षको पहिलो तीन महिनामा कूल वस्तु निर्यात ८९.६ प्रतिशतले वृद्धि भई ७२ अर्ब ७८ करोड रुपैयाँ कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति: १६ मंसिर २०८२, मंगलबार  १० : ५२  बजे