काठमाडौं,२५ जेठ । नागढुङ्गा–नौबिसे सडक खण्ड भोलिदेखि थप पाँच दिन बन्द हुने भएको छ । यसअघि जेठ १० गतेदेखि आजसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेकोमा आज फेरि समय थप भएको हो ।
नागढुङ्गा–मुग्लिङ सडक योजना ९पूर्वी खण्ड० ले सूचना निकालेर भोलिदेखि जेठ ३० गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द रहने जानकारी गराएको हो । सडक मर्मत तथा स्तरोन्नतिको काम भइरहेकोले बन्द गर्नुपरेको आयोजनाले जनाएको छ ।
नागढुङ्गा–नौबिसे सडक खण्ड बन्द हुने अवधिमा साना तथा मझौला गाडीहरूका लागि सीतापाइला–रामकोट–धार्के सडक र सामाखुशी–टोखा–छहरे–त्रिशूली –गल्छी सडक विकल्पका रूपमा प्रयोग गर्न सकिने सूचनामा उल्लेख छ ।
प्रतिक्रिया