काठमाडौँ, १० मंसिर । जनता समाजवादी पार्टी (जसपा) का बागमती प्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । बुधबार भक्तपुरको गुण्डुमा एमाले अध्यक्ष केपी ओलीलगायतका नेताहरुले गोलेलाई एमालेमा प्रवेश गराउनुभएको हो । एमाले प्रवेश गरेपछि गोलेले एमाले लामो इतिहास बोकेको पार्टी रहेको र विद्यार्थीकालदेखि नै यही पार्टीसँग आबद्ध रहेको भन्दै पुनः एमालेमा फर्किएको बताउनुभयो । जनता समाजवादी पार्टी नै टुक्रिने अवस्थामा पुगेकाले स्थायी राजनीतिक अवस्था सिर्जना गर्ने पार्टी एमालेमात्रै भएको उहाँले बताउनुभयो । उहाँले देशमा देखिएको संकट एमालेले मात्रै समाधान गर्न सक्ने उल्लेख गर्नुभयो ।
12
Shares









प्रतिक्रिया