कांग्रेसले गर्‍यो दल दर्ता

काठमाडौं, ७ मंसिर । नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ। राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि आज दल दर्ता गरिएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । ुआज (आइतबार) बिहान ११ बजे दल दर्ता निवेदन दिइयो, उहाँले भन्नुभयो ुपार्टीको निर्णयअनुसार राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका दल दर्ता गर्‍यौँ। आगामी माघ ११ गते राष्ट्रिय सभा निर्वाचन हुँदैछ भने फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ। निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनमा भाग लिने प्रयोजनका लागि आजसम्म दल दर्ता समय दिएको छ। प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि मंसिर १० गतेसम्म दल दर्ता गर्न सकिनेछ।

 

प्रकाशित मिति: ७ मंसिर २०८२, आइतबार  १५ : ४३  बजे