नेत्रहीन महिला टी–२० विश्वकपः आज नेपाल र भारत भिड्दै

काठमाडौं, ७ मंसिर ।  भारत र श्रीलंकामा जारी नेत्रहीन महिला टी-२० विश्वकप प्रतियोगिताको फाइनलमा नेपाल र भारत भिड्दैछन्।नेपाल र भारतको फाइनल खेल आज बिहान १० बजे श्रीलंकाको कोलम्बोस्थित सारा क्रिकेट मैदानमा सुरु हुँदैछ । पाकिस्तानलाई ७ विकेटले हराउँदै नेपाल फाइनल पुगेको हो।दोस्रो सेमिफाइनलमा सुरुमा ब्याटिङ गरेको पाकिस्तानले १७० रनको लक्ष्य दिएको थियो।

पाकिस्तानले २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १६९ रन बनाएको हो। जवाफी ब्याटिङ गरेको नेपालले १७ ओभरको समाप्तिमा तीन विकेट गुमाएर १७१ रन बनाउँदै फाइनल पुगेको हो।पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ९ विकेटले हराउँदै भारत फाइनल पुगेको हो। सुरुमा ब्याटिङ गरेको अस्ट्रेलियाले दिएको ११० रनको लक्ष्य भारतले ११ ओभर ५ बलमा ११२ रन बनाउँदै भेट्टाएको थियो। नेत्रहीन विश्वकप क्रिकेट पहिलो पटक भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेका हुन् ।

प्रकाशित मिति: ७ मंसिर २०८२, आइतबार  ०८ : २८  बजे