सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं, २ कत्तिक। नेपाली बजारमा सुनको मू्ल्य तोलामा ३८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलाको २ लाख ३९ हजार ५ सय रुपैयाँ कायम भएको छ । सोमबार सुनको मूल्य प्रतितोला २ लाख ४३ हजार ३ सय रुपैयाँ थियो । चाँदीको मूल्य तोलामा ६५ रुपैयाँ घटेको छ । सोमबार ३ हजार १५५ रहेको सुनको मूल्य ६५ रुपैयाँ घटेर ३ हजार ९० कायम भएको महासंघले जनाएको छ ।

 

प्रकाशित मिति: २ मंसिर २०८२, मंगलबार  १२ : ०२  बजे