काभ्रेमा बालुवा बोकेको टिपरमा पम्पको तार र फ्युज निकाल्न लाग्दा आगलागी

काभ्रेपलाञ्चोक, २२ जेठ । काभ्रेमा बाबुला बोकेको टिपरमा आगलागी भएको छ । पाँचखाल नगरपालिका–५ तल्लो जिपलाइनस्थित अरनिको राजमार्गमा बा२क ६१२५ नम्बरको टिपरमा आगलागी भएको हो ।एक्कासी गति बढ्न थालेपछि चालक नवराज सिवाकोटीले टिपर रोकेर पम्पको तार र फ्युज निकाल्न लाग्दा आगलागी भएको प्रहरीले बताएको छ । आगलागी राति साढे १ बजे नियन्त्रणमा आएको थियो । टिपर पाँचखालबाट भक्तपुर जाँदै थियो ।

 

 

प्रकाशित मिति: २३ जेष्ठ २०८२, बिहिबार  ०९ : ३५  बजे