काठमाडौं, २९ कात्तिक । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र डा। आरजु राणा देउवा सिङ्गापुरमा थप उपचारपछि स्वदेश फर्कनुभएको छ । उहाँहरु हिजो बेलुका स्वदेश फर्कनुभएको हो ।देउवा दम्पत्तिलाई त्रिभुवन विमानस्थलमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, प्रवक्ता डा। प्रकाशशरण महतलगायतका नेताहरुले स्वागत गर्नुभयो ।गएको भदौ २४ गतेको जेन–जी प्रदर्शनका क्रममा आफ्नै निवास बुढानिलकण्ठमा कुटपिटबाट उहाँहरु घाइते हुनुभएको थियो । देउवा दम्पत्ति गएको कात्तिक १० गते थप उपचारका लागि सिङ्गापुर जानुभएको थियो ।
27
Shares









प्रतिक्रिया