मधेस प्रदेश सभाका पाँच सदस्यमाथिको कारबाही उपसभामुखले गरिन् बदर

जनकपुरधाम । मधेस प्रदेश सभाका पाँच सदस्यमाथि सभामुख रामचन्द्र मण्डलले गरेको कारबाहीलाई उपसभामुख बबिता कुमारी राउत ईशरले बदर गरेकी छन् । सभामुख मण्डलले बिहीबार जसपा नेपालका चार र जनमत पार्टीका एक सांसदलाई लगातार १० वटा बैठकमा उपस्थित नभएको भन्दै सांसद पदबाट हटाउने निर्णय गरेका थिए ।

उपसभामुख ईशरले सभामुखद्वारा गरिएको उक्त कारबाही प्रतिशोधपूर्ण रहेको भन्दै ती पाँच सांसद कात्तिक २२ गतेको बैठकमा उपस्थित रहेको प्रस्ट पारेकी छन् । उनले पाँचै जना प्रदेश सभा सदस्यमाथिको कारबाही बदर गरिएको भन्दै बिहीबार सूचना जारी गरेकी छन् ।

प्रकाशित मिति: २९ कार्तिक २०८२, शुक्रबार  ०९ : ४६  बजे