बजार सूचक सानो अंकले माथि, कारोबार रकम ३ अर्ब ५० करोडमै सीमित

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा झिनो सुधार देखिएको छ । हिजो २०.५६ अंकले घटेको बजारमा आज सामान्य सुधार देखिएको हो ।

आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ०.३१ अंकले घटेर २५ सय ४४ दशमलव ९१ बिन्दुमा बन्द भएको छ।

आज नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । आज ३२९ कम्पनीको ७६ लाख ५ हजार ५८४ कित्ता सेयर ३ अर्ब ४९ करोड ९८ लाख २१ हजार रूपैयाँमा कारोबार भएको छ ।

हिजो ३२१ कम्पनीको ८४ लाख ४ हजार ६१६ कित्ता सेयर ३ अर्ब ८४ करोड ८५ लाख ८६ हजार रूपैयाँमा कारोबार भएको थियो ।

यसदिन विकास बैंक, लगानी समुह, जीवन बीमा, उत्पादन तथा प्रशाेधन, निर्जीवन बीमा र अन्य समुहकाे सेयमूल्य घटेकाे छ भने बाँकी सबै समुहकाे सेयर बढेकाे छ ।

प्रकाशित मिति: २८ कार्तिक २०८२, बिहिबार  १६ : २३  बजे