काठमाडौँ, २७ कात्तिक । अमेरिकामा इतिहासकै सबैभन्दा लामो ४२ दिनको सरकारी कामकाज बन्द अन्त्य गर्न संसदले विधेयकमाथि मतदान गर्न तयारी गरेको छ । विधेयक पारित भई राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यसमा हस्ताक्षर गरेपछि सरकारी कामकाज सञ्चालन हुनेछ ।यसबीच, डेमोक्र्याटहरूले सार्वजनिक गरेका राष्ट्रपति ट्रम्पका इमेलहरूले नयाँ विवाद उत्पन्न भएको छ ।
डेमोक्र्याटले सार्वजनिक गरेका एप्स्टीनका इमेलमा ट्रम्पलाई दुर्व्यवहारबारे जानकार भएको आरोप लगाएका अल जजिराले जनाएको छ । तर राष्ट्रपति ट्रम्पले ती इमेलहरूलाई डेमोक्र्याटहरूले नक्कली प्रचार गरेको भन्दै अस्वीकार गर्नुभएको छ । ह्वाइट हाउसले पनि ती इमेलहरूले कुनै प्रमाण देखाउन नसक्ने प्रतिक्रिया दिएको खबरमा उल्लेख छ ।राजनीतिक तनावकाबीच अमेरिका अहिले आर्थिक तथ्याङ्क अभावमा रहको अर्थशास्त्रीहरूको विश्लेषण छ । यहिबेला ट्रम्प प्रशासनले क्यारेबियन क्षेत्रमा हवाई आक्रमण, इरानमाथि नयाँ प्रतिबन्ध र स्वास्थ्य सेवा अनुदान विवादमा आलोचना खेपिरहेको छ । सरकारको कामकाज फेरि सञ्जचालन गर्ने विषयमा ह्वाइट हाउसले आजै सम्झौता हुने जनाएको खबरमा उल्लेख छ ।








प्रतिक्रिया