काठमाडौं, २४ कातिक । नेता किसान श्रेष्ठ नेकपा एमालेमा फर्किनु भएको छ । सोमबार एमालेको घर फर्क अभियानअन्तर्गत राष्ट्रियसभा गृहमा आयोजित विशेष कार्यक्रममा निवर्तमान प्रतिनिधिसभा सदस्य श्रेष्ठ एमालेमा फर्किनुभएको हो । उहाँले आफू पार्टीमा फर्किएको मात्र होइन, आफ्नो प्रतिवद्धता पनि फर्काएको बताउनुभयो। ‘हामी केवल पार्टीमा मात्र फर्किएका छैनौं, हाम्रो आदर्श, मार्ग र प्रतिबद्धता फर्काएका छौं। आगामी दिनमा आउनेहरू पनि यही भावना लिएर फर्किनुहुन्छ,’ उहाँले भन्नुभयो । उहाँले आफूहरू कुनै माग र सर्त बिना नै एमालेमा फर्किएको उद्घोष गर्नुभयो । नेता श्रेष्ठले यो दिन आफ्नो राजनीतिक जीवनको अत्यन्तै भावनात्मक र ऐतिहासिक मोड रहेको बताउनुयभो । उहाँले यसअघि चार वर्षअघि आफू पार्टीबाट बाहिरिए पनि त्यस बेलाको निर्णय गलत रहेको निष्कर्षमा पुगेको बताउनुभयो । उहाँले एमाले संगठन मात्र नभएर देशलाई समृद्धिको बाटोमा लैजाने पार्टी पनि भएको बताउनुभयो । उहाँले यो देश एमालेले मात्र बनाउन सक्ने बताउनुभयो ।
9
Shares








प्रतिक्रिया