काठमाडौं, २४ काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले भारतका तीन टोलीसँग अभ्यास खेल खेल्ने भएको छ । सोमबार नेपाल क्रिकेट संघ (क्यान) ले अभ्यासका निम्ति भारत जाने टोली र खेल तालिका सार्वजनिक गरेको हो । क्यानले सार्वजनिक गरेको १५ सदस्यीय टोलीको नेतृत्व नियमित कप्तान इन्दु वर्माले गर्नेछिन् ।
तालिकाअनुसार नेपालले नोभेम्बर १३ मा राजस्थानविरुद्ध पहिलो खेल खेल्ने छ । यस्तै, नेपालले नोभेम्बर १५ मा बेंगलविरुद्ध र नोभेम्बर १८ मा उत्तराखण्डको टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
यसपछि नेपालले पुनः यी तीन टिमसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले १७ नोभेम्बरमा पुनः राजस्थान, १८ नोभेम्बरमा उत्तराखण्डसँग र १९ नोभेम्बरमा बेंगलसँग खेल्नेछ ।








प्रतिक्रिया