काठमाडौ, २३ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जिल्ला प्रशासन कार्यालयले अनुमति नदिए पनि सडकमा उत्रन युवा संघलाई निर्देशन दिनुभएको छ । आइतबार काठमाडौंमा आयोजित युवा संघको केन्द्रीय कमिटी बैठकमा उनले अनधिकृत व्यक्तिहरूले प्रतिनिधिसभा विघटनको सिफारिस गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो “प्रतिनिधिसभा केही अनधिकृत व्यक्तिहरूले, सडकछापहरूले विघटन भनेर सिफारिस गर्ने र विघटन गर्ने अलोकतान्त्रिक क्रियाकलाप भएको छ,” “लोकतन्त्रको अपहरण भएको छ । संविधान खारेज भनिएको छैन तर मिचिएको छ ।” उहाँले देश जलाउनेहरूले नै देश चलाउने तमासा गरेको आरोप लगाउनुभयो। “यो साधारण परिस्थिति होइन । देश जलाउने पनि तिनै, चलाउने पनि तिनै तमासा भइरहेको छ । जलाउनेका पछाडि पनि यिनै देखिएका थिए ।
चलाउनेमा पनि कुर्सीमा विराजमान तिनै देखिएका छन् । जुन संविधानले मिल्दैन,” उहाँले भन्नुभयो । उहाँले प्रशासनसँग आन्दोलनको अनुमति माग्दा नदिए सडकमा उत्रिन निर्देशन दिनुभयो । “स्वीकृति दिनुहुन्न भने स्वीकृति चाहिँदैन सडकमा उत्रिनुस्,” अध्यक्ष ओलीले निर्देशन दिनुभयो ।








प्रतिक्रिया