काठमाडौं, २३ कात्तिक । हङकङ सिक्सेसको बाउल लिगमा नेपाल यूएईसँग ४३ रनले पराजित भएको छ । आज बिहान भएको खेलमा नेपाल पराजित भयो । योसँगै नेपालको खेल सकिएको छ ।पहिला ब्याटिङ गरेको यूएईले नेपाललाई जितका लागि एक सय ३० रनको लक्ष्य दिएको थियो । तर नेपालले निर्धारित छ ओभरमा चार विकेट गुमाएर ८६ रन मात्रै बनायो । मोहम्मद आदिल आलमले ३२ र सन्दीप जोराले ३१ रन बनाए ।त्यसअघि यूएईले पाँच विकेट गुमाएर एक सय २९ रन बनाएको थियो । नेपाल लिग चरणमा अफगानिस्तान र दक्षिण अफ्रिकासँग पराजित भएपछि बाउल लिगमा पुगेको थियो । जसमा हिजो श्रीलङ्कासँग पराजित हुँदा नेपालले भारतलाई ९२ रनले हराएको थियो ।
9
Shares








प्रतिक्रिया