रास्वपाको विस्तारित बैठक :उम्मेदवार हुनका लागि आवश्यक केही मापदण्ड सार्वजनिक

काठमाडौं, २३ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को विस्तारित बैठक चितवनमा सम्पन्न भएको छ । देशभरबाट झन्डै पाँच सय प्रतिनिधि सहभागी रहेको अस्ति र हिजोको दुई दिने बैठकले ११ बुँदे निष्कर्ष निकालेको छ ।

बैठकमा देशको पछिल्लो राजनीतिक अवस्था, जनजीविका, आउँदो प्रतिनिधिसभा चुनाव, पार्टीबाट उम्मेदवार हुन आवश्यक मापदण्ड तथा पार्टीको आन्तरिक रुपान्तरणबारे छलफल भएको प्रवक्ता मनिष झाले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन, उपसभापति डा। स्वर्णिम वाग्लेले चुनावी वाचापत्रको अवधारणा, महामन्त्री कविन्द्र बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन, सह–महामन्त्री विपिनकुमार आचार्यले उम्मेदवार छनोट रूपरेखा र सचिवालय सदस्य दीपक बोहराले हस्ताक्षर अभियानसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

बैठकले आउँदो फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा चुनावलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सरकारलाई गम्भीर हुन आग्रह गरेको छ । साथै, विदेशमा रहेका नेपालीलाई मतदान गर्ने व्यवस्था मिलाउन पनि रास्वपाले सरकारको ध्यानाकर्षण गराएको छ ।

साथै उम्मेदवार हुनका लागि केही मापदण्ड पनि सार्वजनिक गरेको छ । जसअन्तर्गत २०७९ को प्रतिनिधिसभामा समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य बनेका पार्टीका सदस्यले यही फागुन २१ को प्रतिनिधिसभा सदस्य चुनावमा समानुपातिकतर्फ उम्मेदवारी दिन नपाउने व्यवस्था पनि गरेको उल्लेख छ ।

प्रकाशित मिति: २४ कार्तिक २०८२, आइतबार  ०८ : ५३  बजे