नेपाली बजारमा सुन ६ सय रुपैयाँले वृद्धि, चाँदी १० रुपैयाँले बढ्यो

काठमाडौं, २१ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्यरुपमा बढेको छ । आज सुन ६ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला २ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १० रुपैयाँले बढेको हो । बिहीबार ३ हजार १० रुपैयाँमा कारोबार भइरहेको चाँदी आज ३ हजार २० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २२ कार्तिक २०८२, शुक्रबार  ११ : १६  बजे