काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको नाफामा गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार, बैंकको नाफा १९.७२ प्रतिशतले घटेको हो ।
गत आर्थिक वर्षको सोही अवधिमा ८६ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेको बैंकले यस वर्षको पहिलो त्रैमासमा ६९ करोड २१ लाख रुपैयाँ मात्र नाफा कमाएको छ ।
बैंकको वितरणयोग्य नाफा २ अर्ब ४१ करोड १० लाख रुपैयाँ रहेको छ भने लाभांश दिन सक्ने क्षमता प्रतिशेयर ३६.४० रुपैयाँ रहेको विवरणमा उल्लेख छ ।
यद्यपि, बैंकको खराब कर्जा दरमा सुधार आएको छ । गत वर्षको सोही अवधिमा १.९५ प्रतिशत रहेको खराब कर्जा चालु आर्थिक वर्षको असोज मसान्तसम्म घटेर १.७१ प्रतिशतमा पुगेको छ ।
यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी (EPS) २७.५७ रुपैयाँ र प्रतिशेयर नेटवर्थ ६१३ रुपैयाँ रहेको छ ।
१० अर्ब ४ करोड २३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले १ खर्ब २९ अर्ब ६२ करोड ७२ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ७० अर्ब ११ करोड ७९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।








प्रतिक्रिया