२०८१/८२ को नाफाबाट १३ प्रतिशत लाभांश वितरण गर्ने कृषि विकास बैंकको निर्णय

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को खुद मुनाफाबाट शेयरधनीहरूलाई कुल १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कात्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकले ३.२५ प्रतिशत बोनस शेयर र ९.७५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो।बैंकले हाल कायम रहेको चुक्ता पूँजीका आधारमा लाभांश वितरणको प्रस्ताव गरेको जनाएको छ।

यससँगै, बैंकले फिर्ता नहुने अग्राधिकार शेयर (Non-Refundable Preference Share) का शेयरधनीहरूलाई पनि वार्षिक ६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीहरूलाई वितरण गरिनेछ।

प्रकाशित मिति: २१ कार्तिक २०८२, बिहिबार  १३ : ५५  बजे