प्रधानमन्त्री पत्नी सविना काफ्लेको शल्यक्रिया सफल

काठमाडौं, २९ असोज । प्रधानमन्त्री बालेन्द्र शाहकी पत्नी सविना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।

स्वास्थ्यमा अचानक समस्या देखिएपछि उहाँलाई उपचारका लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। आज बिहान करिब ४ बजे वरिष्ठ शल्यचिकित्सक डा. प्रशान्त वीर सिंह कंसाकारको नेतृत्वमा रहेको चिकित्सक टोलीले शल्यक्रिया गरेको हो।

चिकित्सकका अनुसार शल्यक्रियापछि उहाँको स्वास्थ्य अवस्था स्थिर र सामान्य रहेको छ। शल्यक्रियाका क्रममा प्रधानमन्त्री बालेन्द्र शाह पनि अस्पतालमा उपस्थित हुनुहुन्थ्यो।

प्रकाशित मिति: २९ आश्विन २०८३, बिहिबार  १३ : २७  बजे