दमक, २२ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी कोशी प्रदेश समितिको दोस्रो अधिवेशनमा ‘रक्सी र मासु’को विषयलाई लिएर विवाद भएको घटना सामजिक सन्जालमा छताछुल्ल भएको छ ।
झापाको दमक नगरपालिका–८ स्थित कस्मिक पार्टी प्यालेसमा जारी अधिवेशनमा अध्यक्ष पदका उम्मेदवार विश्वमोहन थापाले नेतृत्व चयनका क्रममा ‘रक्सी र मासु’को प्रभाव पर्न नहुने आशयको अभिव्यक्ति दिएपछि कार्यकर्ता मदन मगरले आपत्ति जनाउनुभएको थियो ।
थापाको अभिव्यक्तिले आफूहरूको भावनामा ठेस पुगेको भन्दै मगरले आपत्ति जनाएपछि केहीबेर अधिवेशनस्थलमा भनाभनको अवस्था सिर्जना भएको थियो । विवाद बढेपछि थापाले आफ्नो अभिव्यक्तिप्रति माफी मागेपछि वातावरण सामान्य बनेको र अधिवेशनको प्रक्रिया पुनः अघि बढाइएको जनाइएको छ ।
यस क्रममा केही समय अधिवेशनस्थलको माहोल तनावपूर्ण बने पनि सहमति जुटेपछि निर्वाचन प्रक्रिया अघि बढेको थियो । राप्रपा कोशी प्रदेश अध्यक्षका लागि रामकुमार थापा, दुर्गा बस्नेत र विश्वमोहन थापाबीच प्रतिस्पर्धा भएको थियो ।
प्रकाशित नतिजाअनुसार रामकुमार थापा २७० मतसहित अध्यक्षमा निर्वाचित भएका छन् भने दुर्गा बस्नेतले २३९ र विश्वमोहन थापाले ४० मत प्राप्त गर्नुभएको थियो । यसैबीच,राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको कोशी प्रदेश अधिवेशनबाट अध्यक्षमा दमक नगरपालिकाका प्रमुख रामकुमार थापा निर्वाचित हुनुभएको छ ।
झापाको दमकमा सम्पन्न अधिवेशनमा तीनजना उम्मेदवारबीच भएको प्रतिस्पर्धामा थापाले दुई सय ७० मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी दुर्गा बस्नेतले दुई सय ३९ तथा अर्का उम्मेदवार विश्वमोहन थापाले ४० मत प्राप्त गर्नुभयो ।











प्रतिक्रिया