काठमाडौं, २२ असोज । एमाले स्थायी कमिटी बैठक सुरु भएको छ । आज दिउँसो साढे १ बजेदेखि पार्टी कार्यालय च्यासलमा एमाले स्थायी कमिटी बसेको हो ।
बैठक पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको छ । एमाले स्थायी कमिटी बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि सुहभागी हुनुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीलाई हालै एमालेको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेतामा मनोनीत गरेको थियो । वरिष्ठ नेताको रूपमा उहाँ एमाले बैठकमा सहभागी हुनुभएको यो पहिलो पटक हो ।
राष्ट्रपति बन्नुअघि उहाँ एमालेको उपाध्यक्ष हुनुहुन्थ्यो । ११ वर्षपछि एमालेको वरिष्ठ नेताका रूपमा पूर्वराष्ट्रपति भण्डारी एमाले स्थायी कमिटी बैठकमा सहभागी हुनुभएको हो ।











प्रतिक्रिया