सामान्य बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २१ असोज । नेपाली बजारमा आज सुनचाँदी दुवैको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेर दुई लाख ९२ हजार तीन सय रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर चार हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

प्रकाशित मिति: २१ आश्विन २०८३, बुधबार  १४ : २६  बजे