काठमाडौं, २० असोज । नेपाली कांग्रेसका नेता डा. चन्द्रकान्त भण्डारीले पार्टीको १५औँ महाधिवेशनमा खुला समूहबाट उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । भण्डारीले आज राष्ट्रिय सभागृहमा पुगेर खुला उपसभापति पदमा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो ।
उहाँले यसअघि नै उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको थियो । भण्डारीले ‘रूपान्तरित कांग्रेस’ निर्माणलाई आफ्नो उम्मेदवारीको मुख्य एजेन्डा बनाउनुभएको छ ।
उहाँले ‘समृद्ध मुलुक, खुसी नेपाली’लाई लक्ष्य र समयअनुकूल विचार बोकेको पार्टी निर्माणलाई त्यसको साधनका रूपमा अघि सार्नुभएको हो । कांग्रेसले विगतमा गौरवपूर्ण इतिहास निर्माण गरिसकेको भन्दै अब वर्तमान पुस्ताले पार्टी र मुलुकको भविष्य निर्माणमा भूमिका खेल्नुपर्ने उहाँको भनाइ छ ।
भण्डारी १४औं महाधिवेशनमा पनि उपसभापति पदमा उम्मेदवार बनेका थिए । त्यतिबेला उहाँ शेखर कोइराला समूहबाट प्रतिस्पर्धामा उत्रिएका थिए । खुला उपसभापति पदमा डा. भण्डारीसँगै विभिन्न नेताहरूले उम्मेदवारी दिने तयारी गर्नुभएको छ ।











प्रतिक्रिया