काठमाडौं, २० असोज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापति पदका लागि मनोनयन दर्ता गराउनुभएको छ । उहाँले वारिसमार्फत मनोनयन दर्ता गराउनुभएको हो ।
शर्माको तर्फबाट पुष्पराज पौड्यालले वारिसका रूपमा उम्मेदवारी दर्ता गराउनुभएको छ । कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पद नयाँ थप गरिएको हो । यो पदलाई सभापतिपछिको वरीयतामा राखिएको छ । अहिलेसम्म शर्माको एकल उम्मेदवारी परेको छ ।
उहाँलाई कसैले पनि चुनौती दिएको छैन । यद्यपि मनोनयनको समय अझै बाँकी रहेकाले अन्य नेताको पनि उम्मेदवारी पर्ने सम्भावना भने छ । यदि कसैको पनि उम्मेदवारी नपरेमा शर्मा निर्विरोध निर्वाचित हुनुहुनेछ ।











प्रतिक्रिया