काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत बन्दसत्र जारी छ । आज दिउँसो सुरु भएको बन्दसत्रमा सभापति गगन थापाले आफ्नो राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ । ४६ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पाससमेत भइसकेको छ ।
प्रस्तुत भएको राजनीतिक प्रतिवेदनमा चार वर्षको नेतृत्व र आगामी कार्यदिशा शिर्षकमा सभापति थापाले नयाँ नेतृत्वले निर्वाह गर्नुपर्ने राजनीतिक, वैचारिक र संगठनात्मक जिम्मेवारी पनि यही महाधिवेशनले स्पष्ट गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।
आगामी दशकको राष्ट्रिय आकांक्षालाई चार वर्षको नेतृत्वको जिम्मेवारीसँग जोड्ने मार्गदर्शक आधारका रूपमा प्रतिवेदन लेखिएको छ । थापाले बन्दसत्रलाई सम्बोधन गरिरहनुभएको छ ।
https://drive.google.com/file/d/1pwbfuyW6ybNXD5g0V62OH3frW8_ehyVB/view?usp=sharing











प्रतिक्रिया