काठमाडौं, १६ असोज । फ्लाईदुबईका पाइलट स्मित मछारले बुधबार भएको शंकास्पद अपहरणको प्रयासपछि पहिलोपटक आफ्नो भनाइ सार्वजनिक गर्नुभएको छ । दुबईबाट इजरायलको तेलअभिव उडेको फ्लाईदुबईको विमानका पाइलट मछार कोपाइलटको हिंस्रक आक्रमणमा पर्नुभएको थियो ।
अनेक जुक्ति लगाएर स्मितले विमानमा रहेका १७४ जना यात्रु बचाउनुभएको थियो । आफू गम्भीर घाइते भएर बाँच्नका लागि संघर्ष गरिरहँदा पनि ‘म अरू सबैलाई मर्न दिन चाहँदैनथे’ उहाँले भन्नुभएको छ ।
‘त्यो क्षणमा, म आफ्नो ज्यान बचाउन संघर्ष गरिरहेको थिएँ,,’ मछारले आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भिडियो कलमा भन्नुभयो,‘म लडेको थिएँ, म यति गम्भीर रूपमा घाइते थिएँ कि म भुइँमा लडेको थिएँ । त्यो बेला म सोच्दै थिएँ कि यदि म उठ्न सकिनँ भने के होला ?’

यात्रु र चालक दलका सदस्यहरूले साहसपूर्वक ककपिटमा प्रवेश गरेर विमानमाथि पुनः नियन्त्रण कायम गरेपछि ठूलो विमान दुर्घटना हुनबाट जोगिएको थियो । मछार भन्नुहुन्छ,‘जब उनले विमान तल खस्दै गरेको महसुस गरे, उनी ककपिटको भुइँमा थिए । र त्यो क्षणमा मलाई थाहा थियो– अन्तिम एकपटक जोड लगाऊ, स्मित । बस गर। ढोका ठीक त्यहीँ छ । र त्यो बेला पनि उसले मलाई कुटपिट गरिरहेको थियो ।’
आफूले ढोका खोलिदिएपछि सबैजना यात्रु आएर आक्रमणकारीलाई नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । ‘म यो आफ्नो ज्यान बचाउन गरिरहेको थिएँ, तर सँगै मलाई यो पनि थाहा थियो कि म अरू सबैलाई मर्न दिन सक्दिनथें,’ उहाँले भन्नुभयो ।











प्रतिक्रिया