काठमाडौं, १६ असोज । अमेरिकाले इरान वरपर आफ्नो सैन्य उपस्थिति बढाउँदै दुई हजारभन्दा बढी म्यारिन सैनिकसहित ‘थियोडोर रुजवेल्ट’ क्यारियर स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ पठाएको छ।
अमेरिकी अधिकारीका अनुसार विमानवाहक युद्धपोत यूएसएस ‘थियोडोर रुजवेल्ट’ र त्यससँगै रहेका सहयोगी युद्धपोतहरू सान डिएगोबाट मध्यपूर्वतर्फ प्रस्थान गरिसकेका छन्। म्यारिन एक्सपिडिसनरी फोर्स पनि यसै साता आफ्नो आधार शिविरबाट प्रस्थान गरेको छ।
‘माकिन आइल्यान्ड’ एम्फिबियस रेडी ग्रुप पनि मध्यपूर्वतर्फ गएको छ, जसमा करिब दुई हजार दुई सय म्यारिन सैनिक तथा अन्य सैन्य जनशक्ति छन्।
यसअघि नै क्षेत्रमा यूएसएस ‘जर्ज वासिङ्टन’ र यूएसएस ‘जर्ज एच. डब्ल्यू. बुश’ विमानवाहक युद्धपोतसहितका समूह परिचालित छन्। नयाँ तैनाथीपछि मध्यपूर्व क्षेत्रमा तीनवटा अमेरिकी विमानवाहक युद्धपोत र दुईवटा एम्फिबियस समूह रहने अपेक्षा गरिएको छ।
अमेरिकी अधिकारीहरूले यो तैनाथीले इरानसँगको सम्भावित थप सैन्य कारबाहीका लागि अमेरिकालाई थप सैन्य विकल्प उपलब्ध गराउने बताएका छन्। पछिल्लो समय अमेरिका र इरानबीचको तनाव बढिरहेका बेला यो सैन्य उपस्थिति विस्तार भएको हो।











प्रतिक्रिया