गृहमन्त्रीको सचिवालयका व्यक्तिसँग चिनजान रहेको भन्दै गफ गर्ने व्यक्ति पक्राउ

काठमाडौं, १२ असोज । गृहमन्त्री सुधन गुरुङको सचिवालयका सदस्यहरूसँग आफ्नो सम्पर्क छ भन्दै अडिओ संवाद गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । बाँकेको नेपालगन्ज घर भई कागेश्वरी मनोहरा बस्ने आशीष मल्ल भन्ने धर्मराजलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

सोधपुछ गर्न खोज्दा खटिएको प्रहरी टोली उपर गाली गलौज गर्दै सार्वजनिक स्थानमा अशान्ति सिर्जना गरी अभद्र व्यवहार गरेकोले पक्राउ गरिएको प्रहरीको विज्ञप्तिमा उल्लेख छ । मल्लमाथि बाँकेमा ६ वटा मुद्दा विचाराधीन रहेको पाइएको छ ।

उनीमाथि अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट दिन २ को म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ । सीएसआर अभिलेखमा निम्म मुद्दा देखिएको प्रहरीले बताएको छ ।

१. २०८३/०४/२६ गते मुद्दा दर्ता नं. ७२, दुर सञ्चार ऐन, जिल्ला प्रहरी कार्यालय बाँके (फरार),

२. २०८१/१२/०६ गते मुद्दा दर्ता नं. ५१४, अभद्र व्यवहार, जिल्ला प्रहरी कार्यालय बाँके,

३. २०७९/०२/१३ गते मुद्दा दर्ता नं. ५५१, बैंकिड कसूर, जिल्ला प्रहरी कार्यालय बाँके,

४. २०७८/१०/०५ गते मुद्दा दर्ता नं. ३३४, अभद्र व्यवहार, जिल्ला प्रहरी कार्यालय बाँके,

५. २०७८/०४/०५ गते मुद्दा दर्ता नं. २४ अभद्र व्यवहार, जिल्ला प्रहरी कार्यालय बाँके,

६. २०७७/११/२६ गते, ठगी सम्बन्धी कसुर, जिल्ला प्रहरी कार्यालय बाँके ।

प्रकाशित मिति: १२ आश्विन २०८३, सोमबार  १८ : ५०  बजे