नेकपाले बोलायो केन्द्रीय संयोजन समितिको बैठक

काठमाडौं, ४ असोज । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय संयोजन समितिको बैठक बोलाएको छ ।

मंगलबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने गरी आह्वान गरिएको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभएको छ ।

बैठकमा रसुवा बाढीपहिरोपछि उत्पन्न अवस्था, सरकारको कामकारबाही, पार्टीले खेलेको भूमिका तथा आगामी दिनमा गर्नुपर्ने कामबारे छलफल हुने उहाँले बताउनुभएको छ ।

यस्तै, बैठकमा आन्तरिक संगठनात्मक विषय र राष्ट्रिय राजनीतिका समसामयिक विषयमा पनि छलफल हुने उहाँले जानकारी दिनुभएको छ ।

बैठकपछि बाढीपहिरो पीडितको राहत, उद्धार तथा पुनःस्थापनाका विषयमा सरकारलाई सुझाव दिने नेकपाको तयारी छ । यसक्रममा सरकारले गरेका कामको मूल्यांकन तथा पार्टीको भूमिकाको समीक्षा गरी आवश्यक विषयमा सरकारको ध्यानाकर्षण गराइने प्रवक्ता ज्वालाले बताउनुभएको छ ।

प्रकाशित मिति: ४ आश्विन २०८३, आइतबार  १५ : ०६  बजे