नेप्से सेयर कारोबार

झण्डै १२ अंकले बढ्यो नेप्से, साढे ५ अर्बको सेयर किनबेच

आज कारोबारमा आएकामध्ये ७७ कम्पनीको सेयर मूल्य बढ्यो भने ८५ कम्पनीको घट्यो त्यस्तै १६ कम्पनीको मूल्य स्थिर

काठमाडौं, १ असोज । सेयर कारोबार मापक नेप्से परिसूचक ११.९३ अंकले बढेको छ । पछिल्ला ३ कारोबार दिन लगातार उकालो लाग्दा १०२ अंकले बढेको नेप्से बुधबार २१.१९ अंकले घटेको थियो । आज भने करिब १२ अंकले बढेको छ ।

अघिल्लो दिनको तुलनामा ०.४५ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ६२४.३६ अंकमा ओर्लेर बन्द भएको छ । सो दिन कारोबारमा आएकामध्ये ७७ कम्पनीको सेयर मूल्य बढ्यो भने ८५ कम्पनीको घट्यो । तर सो दिन १६ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज कुल ५१ हजार ७ सय २८ पटकको कारोबारमा १ करोड ३६ लाख १० हजार ४ सय ९६ कित्ता सेयर किनबेच भए । उक्त किनबेचमा ५ अर्ब ४९ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो ।

बुधबार सेयर बजारमा ५ अर्ब ३८ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । आज कारोबारमा आएका १३ उपसमूहमध्ये लगानी र अन्य बाहेक सबैको परिसूचक बढेपछि समग्र नेप्से करिब १२ अंकले बढेको हो ।

प्रकाशित मिति: १ आश्विन २०८३, बिहिबार  १६ : ५२  बजे