फिलिपिन्समा पानीजहाज आगलागी : मृत्यु हुनेको संख्या ७६ पुग्यो, १३ बेपत्ता

काठमाडौं, २८ भदौ । फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तमा बुधबार पानीजहाजमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुगेको छ ।

फिलिपिनी कोस्ट गार्ड (पीसीजी) का अनुसार शनिबार थप ४१ शव फेला परेसँगै घटनामा मृत्यु हुनेको संख्या ७६ पुगेको हो । दुर्घटनामा परेका ४३ जनालाई भने सकुशल उद्धार गरिएको छ ।

घटनामा अझै १३ जना बेपत्ता रहेको पीसीजीले जनाएको छ । बेपत्ताको खोजी, उद्धार तथा घटनाको अनुसन्धान जारी रहेको जनाइएको छ ।

प्रकाशित मिति: २८ भदौ २०८३, आइतबार  ०७ : ५५  बजे