काठमाडौं, २७ भदौ । नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन बनेको छ । शनिबार मलेसियामा भएको फाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई)लाई ४४ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।
नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको यूएई २६८ रनमा अलआउट भएपछि नेपाल विजयी भएको हो ।
उपाधि जितेसँगै नेपाल दोस्रोपटक एसिया कपमा छनोट भएको छ ।











प्रतिक्रिया