ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन चिनियाँ राष्ट्रपति सी भारत प्रस्थान

काठमाडौं, २७ भदौ । चिनियाँ राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन शनिबार बेइजिङबाट भारत प्रस्थान गरेका छन्।

चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार सीसँगै चीनका विदेशमन्त्री वाङ यी पनि भारत भ्रमणमा गएका छन्।

यसैबीच, भारतका लागि चिनियाँ राजदूत सु फेइहोङले राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय बैठकको तयारी भइरहेको बताएका छन्।

राजदूत सुका अनुसार चीनले भारतसँग सञ्चार बढाउने, आपसी सहयोग सुदृढ पार्ने र दुई देशबीचका मतभेदलाई उचित ढंगले समाधान गर्ने विषयमा जोड दिनेछ।

सीको भारत भ्रमणलाई चीन–भारत सम्बन्धमा संवाद र सहकार्य अघि बढाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

प्रकाशित मिति: २७ भदौ २०८३, शनिबार  ११ : ११  बजे