काठमाडौं, २० भदौ । नेपाली सेनाले नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा बेलीब्रिज निर्माणको काम तीव्र बनाएको छ।
सेनाको इन्जिनियरिङ फौजबाट खटिएको ५५ जनाको टोलीले ६० मिटर लामो, साढे ५ मिटर चौडा र ५० टन भारवहन क्षमताको बेलीब्रिज निर्माण गरिरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले देवीघाटस्थित पक्की पुल बगाएपछि वैकल्पिक आवागमनका लागि बेलीब्रिज निर्माण थालिएको हो।
निर्माणका लागि आवश्यक सामग्री ढुवानी गरी पुलका संरचना जडान गर्ने काम भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।











प्रतिक्रिया