काठमाडौं, १८ भदौ । भेटेरिनरी क्षेत्रमा अग्रणी कान्तिपुर भेट ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग गरेको छ।
देशका विभिन्न भागमा आएको बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै ग्रुपले विपद् प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि उक्त रकम सहयोग गरेको जनाएको छ।
अध्यक्ष सुना सुवेदीको नेतृत्वमा रहेको कान्तिपुर भेट ग्रुपले भोटेकोशीमा बाढी आएको दिनदेखि नै प्रभावित क्षेत्रमा निःशुल्क भेटेरिनरी औषधि उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो।
सोहीअनुसार नेपाल भेटेरिनरी एसोसिएसनलगायत विभिन्न निकायमार्फत कम्पनीले लाखौँ रुपैयाँ बराबरका भेटेरिनरी औषधि निःशुल्क उपलब्ध गराइसकेको जनाएको छ।
कम्पनीले विपद्बाट प्रभावित नागरिक तथा पशुपन्छीको राहत, उद्धार र पुनःस्थापनामा आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।











प्रतिक्रिया