देउवा र खड्काको पुरक निवेदन दर्ता, ११ गते तोकियो पेशी

काठमाडौं, ९ भदौं । नेपाली कांग्रेसको इत्तर पक्षले १५औँ महाधिवेशन रोक्न माग गर्दै दायर भएको निबेदन दर्ता भएको छ । पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा दिएको पूरक निवेदन दर्ता भएसँगै बिहिवारका लागि पेशी तोकिएको छ ।

गत शुक्रबार देउवाले महाधिवेशन रोक्न रिट निवेदन पेस गरे पनि पुनः निवेदनमा ‘करेक्सन’ गर्नु पर्ने बताउँदै फिर्ता लगे पनि हिजो निवेदन दिएका थिए । सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाका अनुसार देउवा र खड्का दुवैको पूरक निवेदन दर्ता भएको र सुनुवाइका लागि भदौ ११ गतेका लागि पेसी तय भएको जानकारी दिएका छन ।

‘देउवाजी र खडकाजीले हिजो दिनु भएको रिट होइन, यो पुनरवलोकन निवेदनको पूरक निवेदन हो,’ उहाँले भन्नुभयो । उहाँका अनुसार विशेष महाधिवेशन र निर्वाचन आयोगको निर्णयका विषयमा पुनरवलोकनको निस्सा पाएर मुद्दा विचाराधीन रहेको अवस्थामा महाधिवेशनका कुनै पनि क्रियाकलाप अघि नबढाउन अन्तरकालीन आदेशको माग गरिएको छ ।

प्रकाशित मिति: ९ भदौ २०८३, मंगलबार  १४ : ३६  बजे