रास्वपा सांसदले छठ पछाडी पिटाई खाने अमरेश सिंहको दाबी

काठमाडौं, ३ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश सिंहले पार्टीका सांसदहरूले कुटाई खाने दिन आउन लागेको बताउनुभएको छ । पार्टी सभापति रबि लामिछानेले बोलाएको मन्त्री र सांसदहरू बिचको सामुहिक छलफलमा उनले सो दाबी गर्नुभएको हो ।

नेपाली कांग्रेस सभापति गगन थापालाई सर्लाही–४ वाट पराजित गरेर थप चर्चामा रहेका सांसद सिंहले तराई मधेसका पार्टीका सांसदले छठ पछाडी पिटाई खाने दाबी गर्नुभएको हो । ‘मलाई एक हप्ता दिनुहोस् म सरकारका १ सय गल्ती निकालिदिन्छु,’ उहाँको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘मधेसमा त छठ पर्व सकिएपछि रास्वपाका सांसदले पिटाइ खाने दिन आउँदैछन् ।’

तिहार पछि तराई मधेसमा हिन्दु धर्मालम्बीहरूले सुर्यको उपसना गरि हर्षोल्लासका साथ छठ पर्व मनाउँछन् । पछिल्लो समय सांसद सिंह आफ्नै पार्टी नेतृत्व र बालेन्द्र सरकारसँग निरन्तर असन्तुष्ट रहदै बिबादस्पद अभिब्यक्ति दिँदै आउनुभएको छ ।

प्रकाशित मिति: ३ भदौ २०८३, बुधबार  १७ : ३१  बजे