काठमाडौं, ३ भदौं । गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सबन्धित गुनासा आफुलाई भन्दा पनि पिएलाई सुनाउन सुझाव दिनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको मन्त्री र सांसदहरूको सामुहिक छलफल कार्यक्रममा मन्त्री गुरूङले आफ्नो पिएलाई गुनासो गर्न सुझाव दिनुभएको हो ।
‘सांसदहरूले गृहमन्त्रायलसँग सम्बन्धित गुनासो मलाई होइन, स्वकीय सचिव जेम्स कार्कीलाई सुनाउनु, भेट्नु होला,’ उहाँले बैठकमा भन्नुभयो । गृहमन्त्री गुरुङले पार्टीका सांसदहरूलाई संसद्मा सरकारको विरोध नगर्न पनि आग्रह गनुभएको छ ।
उहाँको तर्क थियो,‘घरको झगडा घरभित्रै राखौं, सदनमा विरोध नगरौं, विपक्ष बलियो हुन थाल्यो ।’ मन्त्री गुरुङले गृह मन्त्रालयसँग सम्बन्धित गुनासो भए स्वकीय सचिव जेम्स कार्कीलाई सुनाउन पनि सांसदहरूलाई आग्रह गर्नुभएको थियो । उहाँले बैठकमा नै स्वकीय सचिव कार्कीको नयाँ नम्बर पनि साझा गर्नुभएको छ ।







प्रतिक्रिया