काठमाडौं, १ भदौ । भारतको बिहारस्थित लखिसरायको अशोकधाम मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा सातजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
लखिसरायका सब–डिभिजनल प्रहरी अधिकारी शिवम कुमारका अनुसार सोमबार बिहान मन्दिरमा भागदौडको घटना भएको हो। घाइतेहरूलाई उपचारका लागि सदर अस्पतालमा भर्ना गरिएको छ।
समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै एक प्रत्यक्षदर्शी महिलाले भीडका कारण घटना भएको बताएकी छन्। उनका अनुसार महिलाहरू लाइनमा उभिएका बेला करिब १०–१२ जना महिला जबर्जस्ती लाइनमा प्रवेश गरी धक्का दिन थालेपछि भागदौड मच्चिएको थियो।
त्यस क्रममा करिब २०–२५ जना महिला एक–अर्कामाथि लड्न पुगेका थिए। घटनाबारे थप विवरण आउन बाँकी छ।











प्रतिक्रिया