सर्लाही, २० साउन । सर्लाहीको सीमावर्ती क्षेत्रबाट स्रोत नखुलेको १३ लाख रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका छन्।
मंगलबार दिउँसो पर्सा गाउँपालिका–६ स्थित क्षेत्रमा सशस्त्र प्रहरी बलको बिओपी संग्रामपुरबाट खटिएको गस्ती टोलीले नियमित चेकजाँचका क्रममा पर्सा गाउँपालिका–६ का २३ वर्षीय असपाक साह र महोत्तरीको श्रीपुर नगरपालिका–४ का ४६ वर्षीय साजन मुखियालाई नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरीका अनुसार उनीहरूको साथबाट स्रोत नखुलेको १३ लाख रुपैयाँ नगद र दुई थान मोबाइल बरामद गरिएको छ।
सशस्त्र प्रहरी उपरीक्षक (एसपी) अमरबहादुर खत्रीका अनुसार पक्राउ परेका दुवै जनालाई बरामद नगदसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला भन्सार कार्यालय सर्लाहीमा बुझाइएको छ।
बरामद रकमको स्रोत र प्रयोजनबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







प्रतिक्रिया